-The school’s motto, which is “PEACE, KNOWLEDGE AND HUMANITY” is in tune with the essence in the context and growth of the education system in Nepal. The school runs classes from Nursery to Class XII. About 30 members of the staff are involved in shaping the future of more than 400 students who study in the school. Eden’s Academy has its glorious academic history managed by team having academic expertise. It aims to lay milestones in educational field through quality education by dynamic academicians.
आदरणीय अभिभावकज्यू, यस विद्यालयको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा यही २०८२ साल चैत्र १२ गतेदेखि सञ्चालन हुने जानकारी गराइन्छ। परीक्षाको समयतालिका यसअघि नै विद्यार्थीहरू मार्फत पठाइसकिएको छ। यदि कुनै विद्यार्थीले समयतालिका प्राप्त गर्न नसकेको भए कृपया विद्यालयको लेखा शाखाबाट समयतालिका बुझिलिनुहुन अनुरोध छ। साथै, आफ्ना छोराछोरीको बाँकी रहेका सम्पूर्ण शुल्क यथाशीघ्र बुझाइदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं, जसले गर्दा परीक्षासम्बन्धी सम्पूर्ण प्रशासनिक कार्यहरू सहज रूपमा सम्पन्न गर्न सहयोग पुग्नेछ। विद्यालयप्रतिको यहाँहरूको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद।
आदरणीय अभिभावकज्यू. सादर नमस्कार ! विषय: शोक बिदा सम्बन्धमा । उपर्युक्त विषय सम्बन्धमा पोखरा महानगरपालिकाले पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाको मिति २०८२ साल फागुन २८ गते भएको निधनप्रति शोक व्यक्त गर्दै उहाँप्रतिको सम्मानमा भोलि मिति २०८२ साल चैत्र १ गते आइतबार महानगर अन्तर्गतका सबै कार्यालय एवम् शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेकाले सो दिन विद्यालय सञ्चालन नहुने व्यहोरा जानकारी गराइन्छ । तथापि कक्षा ८ को परीक्षा पूर्व निर्धारित परीक्षा तालिका अनुसार नै हुने र परीक्षा पश्चात् विद्यार्थीहरू परीक्षा केन्द्रबाट विद्यालयमा आई विषय शिक्षकको उपस्थितिमा अर्को दिनको विषयको तयारी गर्ने कुरा जानकारी गराइन्छ ।
आदरणीय अभिभावकज्यू आज फाल्गुण महिनाको अन्तिम शुक्रवार भएकोले विद्यालयको पठन पाठन कार्यहरु विदा रहेता पनि विद्यालयको प्रशासनिक कार्य यथावत रुपमा सञ्चालनमा रहेको जानकारी गराइन्छ ।