-The school’s motto, which is “PEACE, KNOWLEDGE AND HUMANITY” is in tune with the essence in the context and growth of the education system in Nepal. The school runs classes from Nursery to Class XII. About 30 members of the staff are involved in shaping the future of more than 400 students who study in the school. Eden’s Academy has its glorious academic history managed by team having academic expertise. It aims to lay milestones in educational field through quality education by dynamic academicians.
आदरणीय अभिभावकज्यू, नमस्कार। नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। दुर्गा भवानीले हामी सबैलाई सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायु प्रदान गरून् भन्ने कामना गर्दछौं। यसै सुखद् अवसरमा विद्यालयमा देहायअनुसार बिदा रहने व्यहोरा जानकारी गराउँदछौं: बिदा सुरु हुने मिति: २०८३ असोज २९ गते बिदा समाप्त हुने मिति: २०८३ कात्तिक ०९ गते विद्यालय पुनः सञ्चालन हुने मिति: २०८३ कात्तिक १० गते (नियमित समयमा) चाडपर्वको यस रमाइलो वातावरणका साथै आफ्ना बालबालिकालाई दिइएको गृहकार्य नियमित रूपमा गर्न तथा अध्ययनको निरन्तरता कायम राख्न आवश्यक सहयोग र निगरानी गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। चाडपर्व हर्षोल्लास र सुरक्षित तरिकाले मनाउनुहुनेछ भन्ने विश्वास लिएका छौं। पुन: बडादशैंको हार्दिक शुभकामना! धन्यवाद। भवदीय, .................................... प्रधानाध्यापक / प्रशासन
आदरणीय अभिभावकज्यू, नमस्कार । तपाईंका नानीबाबुको विद्यालय शुल्क हालसम्म बाँकी रहेको भए दोस्रो त्रैमासिक परीक्षा नजिकिँदै गएकोले कृपया यथाशीघ्र शुल्क बुझाइदिनुहुन अनुरोध गर्दछौँ। यहाँहरूको सहयोगका लागि धन्यवाद।
आदरणीय अभिभावकज्यू, नमस्कार ! पोखरा महानगरपालिकाले गत असोज ८ र ९ गते सम्भावित मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै दिएको बिदा समायोजन गर्नुपर्ने भएकाले आगामी असोज १७ गते शनिबार र १८ गते आइतबार विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । अतः आफ्ना नानीबाबुहरूलाई नियमित पोशाकसहित विद्यालय पठाइदिनुहुन अनुरोध छ । धन्यवाद !